blog,

रगत: सायद भोलि देवी बन्नेछिन् आज ढुङ्गा भोलि फूल अर्पण हुनेछ

Isha Isha Follow Mar 08, 2017 · 1 min read
रगत: सायद भोलि देवी बन्नेछिन् आज ढुङ्गा भोलि फूल अर्पण हुनेछ
Share this

रगतःरातो रगत रगतमा छिन् उनी आज

रगतको आसनीमा टोलाइरहेकी छेउमा एउटा कुकुर रगतमा रहेछ कुकुर पनि आज उनको पितामा बग्ने रगत उनकी आमामा बग्ने रगत जगतमा बग्ने रातो रगत रगतः केवल रगत होइन

नारी हुनुको प्रमाण रगत मात्तृत्वको आधार रगत बहिष्कारको कारण पनि रगत र लाञ्छनाको प्रभाव अर्को रगत आँखाबाट झर्ने आँसु

र योनिबाट बग्ने रगत उनका लागि एकै हुन् आज रगतमा भएको कुकुर र रगतमा भएकी उनीमा केही फरक छैन। आज उनी केवल एउटा कुकुर हुन्

जसलाई ढुङ्गाले लखेट्नेछन् जुठेल्नाका भाँडा चाट्न दिने छन् कसैले उनलाई आज छुने छैनन् आज उनी केवल एउटा कुकुर हुन्। मानवताको भीख माग्दै आज उनको रोदन गर्जनेछ

तर कसले सुन्ने? त्यसतो अबला कुकुरको भुकाई कसले सुन्ने? प्रारब्ध हो उनको आज उनी एक कुकुर सायद भोलि देवी बन्नेछिन् आज ढुङ्गा भोलि फूल अर्पण हुनेछ प्रारब्ध उनको आज उनी केवल एक कुकुर आँसुसँग उनका थाकिएका आँखा

र रगतको बहावसँग थाकेको योनि तसर्थ सम्झौता गर्छिन् उनी आफैसँग र बस्छिन् एउटा कुकुर झैँ रगत लिएर आफैसँग उनलाई कुकुर बनाउने रगत त्यहि रगत जसले नूतन रगत जन्माउने छ कुनै दिन जसकारण फेरि कुनै दिन कोहि कुकुर बन्नेछ र भुक्नेछ

मानवताको भीख माग्नेछ।

Isha
Written by Isha Follow
Hi, I am Isha, the author of Vineyard. I am an 18 year old girl from Nepal.I wanted to start a blog of my own few years ago but because of my crazy habit of procastinating that coudn’t happen.So finally here I am with my blog :my thoughts,my complains,my diaries,my culture,my world.I believe everyone must contribute something to this world.The world runs because of the small change each individual makes.So I really hope my thoughts will make a small change in the world! I hope you like it!